Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

बालेनले नागरिकता कीर्ते गरेको आरोप, के छ कानुनी प्रावधान ?

बालेनले नागरिकता कीर्ते गरेको आरोप, के छ कानुनी प्रावधान ?

अर्थ प्लस
बालेनले नागरिकता कीर्ते गरेको आरोप, के छ कानुनी प्रावधान ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह विरुद्ध नागरिकता किर्ते गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर, भद्रकालीमा उनी विरुद्ध जाहेरी दर्ता समेत भइसकेको छ।

बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाएर उच्च जातीय लाभ लिन सरकारी कागजातमा अनधिकृतरुपमा थर परिवर्तन गरेको जाहेरीमा उल्लेख छ। उक्त जाहेरीमा उनका बुबा र दाइको पुरानो नागरिकता तथा बसाइ–सराइका कागजातका आधारमा उनले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरेको आरोप छ।

बालेनले २०६३ साल पुस ६ गते महोत्तरीबाट नागरिकता प्रमाणपत्र लिएका थिए। तर, मेयर पदमा बहाल भएपछि २०७९ साल असार १९ गते काठमाडौंबाट पहिलो प्रतिलिपि लिँदा थर परिवर्तन गरेका हुन्। पहिलो नागरिकतामा साह थरबाट नागरिकता लिएका उनले प्रतिलिपिमा भने शाह थर बनाएर बनाएर नागरिकता लिएको जाहेरीमा उल्लेख छ।

उनका दाजु कौशलेन्द्र साहको नागरिकतामा भने ‘साह’ नै उल्लेख भएकाले परिवारभित्रै थर फरक देखिएको छ। नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ को दफा १२ र १७ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा नागरिकता रद्द हुन सक्ने तथा सामान्य त्रुटि मात्र सच्याउन सकिने प्रावधान छ।

के छ कानुनी प्रावधान ?

नागरिकता ऐन २०६३ को दफा १२ मा कुनैपनि नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाण पत्र रद्द गर्ने व्यवस्था लेखिएको छ ।

यसैको दफा १७ मा विवरण सच्याउन पाउने नागरिकता ऐनमा व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर वा शैक्षिक योग्यताको प्रमाण फरक पर्न गई प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ ।‘

तर यसको स्पष्टीकरणमा भनिएको छ, यस उपदफाको प्रयोजनका लागि सानातिना त्रुटि भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरण जस्तै- कुमारी, देवी, बहादुर, प्रसाद जस्ता बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउनेछ । दफा १२ अनुसार बालेन र उनका आमाबुवाको हकमा यो कुरा देखिँदैन ।

सम्बन्धित समाचार