Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

गौरमा कर्फ्यु निरन्तर, अत्यावश्यक कामका निम्ति बिहान कर्फ्यु केही घण्टा खुकुलो

गौरमा कर्फ्यु निरन्तर, अत्यावश्यक कामका निम्ति बिहान कर्फ्यु केही घण्टा खुकुलो

अर्थ प्लस
गौरमा कर्फ्यु निरन्तर, अत्यावश्यक कामका निम्ति बिहान कर्फ्यु केही घण्टा खुकुलो

काठमाडौं । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (फागुन १०) पनि जारी रहनेछ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो ।

सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ । तर, यो समयमा पनि सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन ।

साढे ८ पछि अर्को आदेश नआउन्जेल कर्फ्यु निरन्तर रहने जिल्ला प्रशासनले जनाएको छ । कर्फ्यु गौर नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्म जारी गरिएको छ । 

सम्बन्धित समाचार