Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो । 

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार