Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुपर खुदी हाइड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख २८ हजारले पाए सेयर

सुपर खुदी हाइड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख २८ हजारले पाए सेयर

अर्थ प्लस
सुपर खुदी हाइड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख २८ हजारले पाए सेयर

काठमाडौँ / सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज बाँडफाँड गरिएको छ । कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आइपिओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौँस्थित नक्साल कार्यालयमा बिहान साढे ८ बजे सम्पन्न भएको हो ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

तीमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ भने ३९ हजार ८७८ आवेदन बदर भएका छन् ।

सदर भएका आवेदकमध्ये गोलाप्रथामार्फत १ लाख २८ हजार ६५० जनालाई १० कित्ताका दरले कुल १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।

अत्यधिक मागका कारण अधिकांश आवेदकले सेयर पाउन सकेनन् । यी तीन माध्यमबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

सम्बन्धित समाचार