Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आठ महिनामा सरकारले उठायो २ अर्ब ७० करोड राजस्व सङ्कलन

आठ महिनामा सरकारले उठायो २ अर्ब ७० करोड राजस्व सङ्कलन

अर्थ प्लस
आठ महिनामा सरकारले उठायो २ अर्ब ७० करोड राजस्व सङ्कलन

झापा / आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २ अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो ।

 

कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र ४४ करोड ५० लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५७ दशमलव १७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए ।       

कार्यालयका अनुसार ८ महिनामा आयकरबाट १ अर्ब २४ करोड ८२ लाख ४४ हजार, मूल्य अभिवृद्धि करबाट ९७ करोड ३२ लाख १८ हजार तथा अन्तःशुल्कबाट रु ३६ करोड ७० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ । 

प्रमुख करअधिकृत थापाले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पछिल्लो समय बजार अनुगमन लगायत गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।  

सम्बन्धित समाचार