Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, अत्यधिक आवेदनमा धेरैजसोको हात खाली

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, अत्यधिक आवेदनमा धेरैजसोको हात खाली

अर्थ प्लस
शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, अत्यधिक आवेदनमा धेरैजसोको हात खाली

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारणका लागि निष्काशित आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज बाँडफाँड गरिएको हो ।

कम्पनीको आइपीओमा कुल २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये ३६ हजार ५०० आवेदकको ४ लाख २२ हजार २०० कित्ता सेयरको आवेदन बदर भएको छ ।

कुल सदर आवेदन २६ लाख ५० हजार ८४७ जनाको रह्यो, जसले २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता सेयर माग गरेका थिए ।

सेयर बाँडफाँडको क्रममा १० कित्ताका दरले कुल १ लाख ८४ हजार २६० आवेदकले मात्र सेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ६६ हजार ५८७ आवेदकको हात खाली भएको छ ।

यो आइपीओमा अत्यधिक आवेदन परेकोले धेरैजसो आवेदकले सेयर पाउन सकेनन् ।

सम्बन्धित समाचार