Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रमेश कर्पकोे “सधैं सँगै, हरेक पलमा” भावनासहित छैठौं संस्थापक दिवस सम्पन्न

रमेश कर्पकोे “सधैं सँगै, हरेक पलमा” भावनासहित छैठौं संस्थापक दिवस सम्पन्न

अर्थ प्लस
रमेश कर्पकोे “सधैं सँगै, हरेक पलमा” भावनासहित छैठौं संस्थापक दिवस सम्पन्न

काठमाडौं । रमेश कर्पले काठमाडौँको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै आफ्नो छैठौं संस्थापक दिवस मनाएको छ । “सधैं सँगै, हरेक पलमा” भन्ने मूल नाराको साथ आयोजित यस कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सृजना गराएको थियो ।

कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टलहरू राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यहरूबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ ।

3.jpg
undefined

रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत्र ६ मा मनाइन्छ, जसले स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्दछ । संस्थापकको दूरदर्शी नेतृत्व र मूल्य—इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकता ले कम्पनीको आधार तयार पारेको थियो । यस दिनले ती मूल्यहरूलाई पुनः पुष्टि गर्दै संस्थापकको योगदानको सम्मान गरेको छ।

संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको थियो । यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड समावेश थिए । यी सम्मानहरूले कम्पनीका मूल्य र संगठन मा योगदान दिने व्यक्तिहरूको योगदानलाई उजागर गर्छ ।

रमेश कर्पले ६ वर्षको सफल यात्रा पूरा गर्दै, नवप्रवर्तन, सुदृढ साझेदारी र व्यक्तिगत विकास तथा नेतृत्व सशकिरणमा निरन्तर लागि रहेको छ । संस्थापकको दृष्टिले मार्गनिर्देशन र कर्मचारीहरूको समर्पणले ऊर्जा प्राप्त गरी, रमेश कर्प नयाँ उपलब्धि र अवसरको खोजीमा सँगै अघि बढिरहेको छ ।

सम्बन्धित समाचार