Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल मनि विककाे अवसरमा प्रभु बैंक कमलादी शाखाद्वारा प्रभातफेरी

ग्लोबल मनि विककाे अवसरमा प्रभु बैंक कमलादी शाखाद्वारा प्रभातफेरी

अर्थ प्लस
ग्लोबल मनि विककाे अवसरमा प्रभु बैंक कमलादी शाखाद्वारा प्रभातफेरी

काठमाडौँ / प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा ग्लोबल मनि विक–२०२६ अन्तर्गत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रमको मूल नाराः ‘स्मार्ट मनी टल्क्स’ रहेको थियो।

कार्यक्रम ६ गते आयोजना भएको थियो, जसमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायत उच्च पदस्थ कर्मचारीहरू र शाखाका कर्मचारीहरू सहभागी भएका थिए। 

प्रभातफेरी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा आएर समापन भएको थियो। सहभागीहरूले वित्तीय सन्देशमूलक प्ले–कार्ड र ब्यानरहरू प्रदर्शन गर्दै ‘स्मार्ट मनी टल्क्स’ को उद्देश्यप्रति सचेतना फैलाएका थिए।

प्रभु बैंकले नेपालभर ३१२ शाखा, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बैंकको मूल नारा ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ अनुरूप आधुनिक प्रविधि र गुणस्तरीय सेवाबाट प्रतिस्पर्धी रुपमा वित्तीय क्षेत्रमा अगाडि बढिरहेको छ।

सम्बन्धित समाचार