काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ६ वटा कम्पनीका बोनस सेयर सूचीकृत भएका छन् ।
यी कम्पनीहरूमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन लिमिटेड र माउन्टेन इनर्जी नेपाल रहेका छन् ।
सिद्धार्थ बैंकको ५ प्रतिशत दरले कुल ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत दरले ४३ लाख ५९ हजार ६६३ कित्ता, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत दरले ६१ लाख ४५ हजार ४८५ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत दरले २१ लाख ८९ हजार ९५ कित्ता, कालिन्चोक दर्शनको ५ प्रतिशत दरले ३ लाख कित्ता तथा माउन्टेन इनर्जी नेपालको २० प्रतिशत दरले ५२ लाख ५ हजार ४३१ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएका हुन् ।
यी बोनस सेयरहरू सूचीकृत भएसँगै सम्बन्धित कम्पनीका सेयरधनीहरूले दोस्रो बजारमा यिनलाई खरिदबिक्री गर्न सक्नेछन् ।
