Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

अर्थ प्लस
महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ / महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियान अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरूलाई केन्द्रमा राखी विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत सचेतना कार्यक्रम आयोजना गरेको थियो । 

यस अभियान अन्तर्गत दरबारमार्ग, हेटौँडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगंज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गालगायतका शाखाहरूबाट विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकासका कार्यक्रम सञ्चालन गरिएका थिए।

‘स्मार्ट मनी टक्स’भन्ने नारासहित सञ्चालन गरिएका कार्यक्रममा एक हजारभन्दा बढी सहभागीहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय बैंकिङ सेवा, विप्रेषण, गुनासो सुनुवाइ, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बिमा, वित्तीय ठगी तथा वित्तीय अनुशासनजस्ता विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

यसैक्रममा नेपाल राष्ट्र बैंक लगायत विभिन्न संस्थाहरूले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रममा पनि बैंकको सक्रिय सहभागिता रहेको थियो।

ग्लोबल मनी विककै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ।

यसका साथै बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत विभिन्न वित्तीय सचेतनामूलक सामग्री तथा भिडियोहरू प्रसारण गर्दै किशोर–किशोरी र युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने प्रयास गरेको उल्लेख गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात् गर्दै विगत ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् । 

सम्बन्धित समाचार