Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नाडाका पदाधिकारी र बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ विच भेटघाट

नाडाका पदाधिकारी र बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ विच भेटघाट

अर्थ प्लस
नाडाका पदाधिकारी र बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ विच भेटघाट

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डललाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रवहादुर बानियाँले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको उल्लेख गर्दै राजधानीमा ट्राफिक र पार्किङ्ग लगायत समस्याहरुको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनु पर्ने धारणा राखेका छन् ।

यसैगरी मुख्यमन्त्री बानियाँले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबिच सहकार्य गरेर अघि बढन सकिने बताए ।

सँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहमा छलफल गरेको छ । सो भेटघाटमा मूख्यमन्त्री बानियाँले अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा शुभकामना दिए ।

मूख्यमन्त्री बानियाँले ५० बर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको बताए ।नाडाका अध्यक्ष उपे्रतीले नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य कम्पनीहरु रहेको बताउँदै नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्व भन्दा बढीको लगानी रहेको बताए ।

अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तिको आवश्यकता हुने जानकारी दिए । नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेश गरिने बताएका छन् ।

सोहि अवसरमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोवाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले शीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको धारणा राखे ।

उक्त छलफलको क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्रगतिले परिवर्तन भईरहेको त्यहि स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दे जानुपर्ने चुनौति रहेको, नाडाले यसका लागि परिस्कृत पाठयक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औल्याएको छ ।

नाडाका संस्थागत उपाध्यक्षद्धय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठक समेतको उपस्थिति थियो । त्यसैगरी सो छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति थियो ।   

सम्बन्धित समाचार