काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं सिजन आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामाले उपाधि जित्न सफल भएको थियो । मैत्रीपूर्ण खेलसँगै सुरु भएको मुख्य प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
