Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ७ अर्बमाथिको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ७ अर्बमाथिको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ७ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सोमाबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६ सय ५७.५० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २१ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २ सय ५२ कम्पनीको घटेको छ ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य १३.५८ प्रतिशतले बढेर ८ सय ६ रुपैयाँ १० पैसा पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सानिमा लार्ज क्याप फन्डका लगानीकर्ता रहेका छन् । यस फन्डको मूल्य ४.८६ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार