Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

अर्थ प्लस
हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान । इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार जलसन्धि क्षेत्रमा केही जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएसँगै इरानले सो क्षेत्रमा प्रवेश गर्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको हो ।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ (आईजीआरसी) ले अमेरिकाले जारी राखेको नाकाबन्दीका कारण यो निर्णय लिनु परेको जनाएको छ । इरानी विदेशमन्त्रीले जलसन्धि अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको भोलिपल्टै सेनाले पुनः बन्दको निर्णय लिएको हो ।

इरानी नौसेनाले एक विज्ञप्ति जारी गर्दै फारसको खाडी वा ओमानको सागरमा रहेका कुनै पनि जहाजलाई आफ्नो स्थानबाट अघि नबढ्न चेतावनी दिएको छ । “हर्मुज जलसन्धि तर्फ आउनुलाई शत्रुलाई सहयोग गरेको मानिनेछ र त्यस्ता जहाजलाई लक्षित गरी आक्रमण गरिनेछ,” आईजीआरसीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो धम्कीबाट अमेरिका नडराउने प्रतिक्रिया दिएका छन् । ट्रम्पले इरानले ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप लगाउँदै जलमार्ग बन्द गरेर विश्वव्यापी ऊर्जा संकट सिर्जना गरेको बताएका छन् । इरानले विगत दुई महिनादेखि यो मार्गलाई प्रभावकारी रूपमा अवरुद्ध पार्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ ।

अमेरिकाले इरानी बन्दरगाहमा गरेको नौसैनिक नाकाबन्दी दुई देशबीच शान्ति सम्झौता नभएसम्म जारी रहने अडान लिएको छ । हाल कायम रहेको दुई हप्ते युद्धविराम अप्रिल २२ मा समाप्त हुँदैछ ।

सम्बन्धित समाचार