Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मितेरी डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासम्म नाफा ९ करोड ६२ लाख, प्रतिशेयर आम्दानी कति ?

मितेरी डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासम्म नाफा ९ करोड ६२ लाख, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासम्म नाफा ९ करोड ६२ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा रकम गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४.०७ प्रतिशतले बढी हो। 

बैंकले गत आर्थिक वर्षको सोही अवधिको ९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा बढेको कारण बैंकको नाफामा दबाव पुगेको देखिन्छ । 

समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज २१ लाख ४८ हजार रुपैयाँबाट बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको हो । इम्पेरिमेन्ट चार्ज बढे पनि बैंकको अन्य वित्तीय सूचकहरूमा भने सुधार देखिएको छ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६७.०५ प्रतिशतले वृद्धि भई २२ करोड १५ लाख रुपैयाँ कायम भएको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.८६ प्रतिशतले बढेर २ करोड ८२ लाख रुपैयाा पुगेको छ। 

त्यस्तै, सञ्चालन आम्दानी १३.९६ प्रतिशत र सञ्चालन मुनाफा ४.०७ प्रतिशतले वृद्धि भएको छ। बैंकको वितरणयोग्य मुनाफा १० करोड ७ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी (इपिएस) पनि ४१ पैसाले बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३ पैसा रहेको छ। 

बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा कायम भएको छ। बैंकले चैत मसान्तसम्म ८ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड ९० लाख रुपैयाँ सञ्चित छ। 

यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात ५९ गुणा रहेको भने खराब कर्जा स्थिर नै रहेको देखिन्छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ०.४८ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा पनि सोही रहेको छ । 

सम्बन्धित समाचार