Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सेयरमा १५ प्रतिशत मूल्य सीमा खारेजीकाे माग गर्दै लेखा समितिमा निवेदन

सेयरमा १५ प्रतिशत मूल्य सीमा खारेजीकाे माग गर्दै लेखा समितिमा निवेदन

अर्थ प्लस
सेयरमा १५ प्रतिशत मूल्य सीमा खारेजीकाे माग गर्दै लेखा समितिमा निवेदन

काठमाडौं । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्था खारेजीको माग गर्दै सार्वजनिक लेखा समितिमा निवेदन परेको छ । सेयर बजार लगानीकर्ता संघले षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा नयाँ व्यवस्था गरिएको आरोप लगाउँदै खारेजीको माग गर्दै निवेदन दिएको हो । नयाँ नीतिगत व्यवस्था सोमबारदेखि नै लागु भइसकेको छ । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष हरिबहादुर केसीद्वारा हस्ताक्षरित निवेदनमा नयाँ व्यवस्था खारेजीको माग गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार नेप्से परिसूचक एक दिनमा ८ प्रतिशत घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार स्थगित हुनेछ । यसअघि ६ प्रतिशत रहेको सीमालाई आजदेखि बढाइएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

संघले पर्याप्त अध्ययनविना यी व्यवस्था लागु गरिएको आरोप लगाएको छ । ‘नयाँ व्यवस्थाले एकल कम्पनीको शेयर मूल्यमा एकैदिन ३० प्रतिशतसम्म उतारचढाव हुँदा जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्छ’ संघले भनेको छ । त्यस्तै, विदेशमा रहेका लगानीकर्ताले चौबिसै घण्टा खरिद–बिक्री आदेश दिनसक्ने सुविधा सकारात्मक भएपनि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी लागु गरिएको संघको जिकिर छ ।

सम्बन्धित समाचार