Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थ प्लस
नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं- नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

यसअघि संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार