Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ज्योति विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, खराब कर्जामा उच्च बृद्धि

ज्योति विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, खराब कर्जामा उच्च बृद्धि

अर्थ प्लस
ज्योति विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, खराब कर्जामा उच्च बृद्धि

काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस बर्ष सोही अवधिमा नाफा रकम १०५.३० प्रतिशतले बढेको हो । 

बैंकको इम्पेरमेन्ट चार्जमा कमि हुन र ब्याज आम्दानी सामान्य बढेका कारण बैंकको नाफामा बढोत्तरी हुन सहयोग पुगेको देखिन्छ । चैत्र मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशत बढेर २० करोड १६ लाख २० हजार रुपैयाँ पुगेको छ । 

यसैगरी, कुल सञ्चालन आम्दानी ६.१७ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ५४ लाख ९३ हजार रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख २० हजार कायम भएको छ । 

बैंकको इम्पेरमेन्ट चार्ज ५२ करोड १६ लाख रुपैयाँबाट घटेर ११ करोड ८४ लाख रुपैयाँ कायम भएको भने वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ।

बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ४.९८ प्रतिशत रहेको खराब कर्जा ७.८३ प्रतिशत पुगेको हो । बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित रहेको छ भने चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड निक्षेप सङ्कलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी प्रवाह गरेको छ । 

सम्बन्धित समाचार