Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नर्भिक इन्टरनेशनल हस्पिटलको ‘रोड शो’ सम्पन्न, शेयर निष्कासन प्रक्रिया अघि बढ्दै

नर्भिक इन्टरनेशनल हस्पिटलको ‘रोड शो’ सम्पन्न, शेयर निष्कासन प्रक्रिया अघि बढ्दै

अर्थ प्लस
नर्भिक इन्टरनेशनल हस्पिटलको ‘रोड शो’ सम्पन्न, शेयर निष्कासन प्रक्रिया अघि बढ्दै

काठमाडौँ / नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले शेयर निष्कासनअन्तर्गत बुक बिल्डिङ प्रक्रियाको ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा नक्सालस्थित म्यारियट हाेटल काठमाडाैँमा सम्पन्न कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कनसम्बन्धी सुझाव प्रस्तुत गरेका थिए। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले संस्थाको वर्तमान सञ्चालन अवस्था, वित्तीय प्रदर्शन, रणनीतिक योजना तथा भविष्य विस्तारका विषयमा विस्तृत जानकारी दिएका थिए।

निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बुक–बिल्डिङ प्रक्रिया, मूल्य निर्धारणका आधार, माग विश्लेषण तथा नियामकीय प्रावधानबारे प्रस्तुति दिएको थियो। सहभागीहरूले मूल्य खोजी प्रक्रिया पारदर्शी र व्यावसायिक भएको प्रतिक्रिया दिएका छन्।

रोड शो सम्पन्न भएसँगै अब योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित मूल्यसहितको आशयपत्र पाँच कार्यदिनभित्र, अर्थात् वैशाख २१ गते बेलुका ५ बजेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

कम्पनीले यस प्रक्रियाले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै बजारमा आधारित मूल्य निर्धारण र संस्थागत लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा पनि गरिएको छ।

सम्बन्धित समाचार