Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

दुर्गा प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड, चार जना प्रहरीको नियन्त्रणमा

दुर्गा प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड, चार जना प्रहरीको नियन्त्रणमा

अर्थ प्लस
दुर्गा प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड, चार जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २७ वैशाख । दुर्गा प्रसाईंका कार्यकर्ताले झापामा दुई बैंकमा तोडफोड गरेका छन्।

बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान अन्तर्गत बिर्तामोडमा भएको र्यालीको क्रममा उत्तेजित समुहले बैंकमा ढुंगा प्रहार गरेका हुन् ।नागरिक युवा दस्ताले र्याली निकालेको थियो । विर्तामोडमा रहेको एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखामा ढुंगा प्रहार गर्दा कार्यालयको सिसा फुटेको छ।

‘मुख्य मुख्य व्यक्ति नियन्त्रणमा लिएका छौं। उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने।त्यस्तै प्रहरीले ढुंगामुडा गर्ने चार जनालाई समातेर अनुसन्धान गरिरहेको छ।

दुर्गा प्रसाईंले बैंक तथा वित्तिय क्षेत्रका मानिस विरुद् अराजक अभिव्यक्ति दिँदै आएका थिए ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनकुमार तामाङ, झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने दिपेश राई र बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष १८ को पवन दुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार