Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

रास्वपाका सांसद कार्कीमाथिको आरोपबारे संसद्‌लाई जानकारी गराउन माग

रास्वपाका सांसद कार्कीमाथिको आरोपबारे संसद्‌लाई जानकारी गराउन माग

अर्थ प्लस
रास्वपाका सांसद कार्कीमाथिको आरोपबारे संसद्‌लाई जानकारी गराउन माग
काठमाडौं । प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सांसद केसीको नाम नलिइ नाइजेरियन महिलाले आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै खोजी गरिरहेको बताइन् ।

“एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छन्,” उनले भनिन्, “एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा पारेर फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?”

उनले नारीको मनमा गम्भीर प्रश्न उठेको बताइन् । “पीडित महिलाले न्याय पाउनुपर्छ । दोषी भए कारबाही हुनुपर्छ । सरकारसँग यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन माग गर्दछु,” उनले भनिन् ।

सम्बन्धित समाचार