Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

अर्थ प्लस
भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि असर पर्ने संकेत

काठमाडौं- भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेल ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्ला ९ दिनभित्र भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातार भइरहेको मूल्यवृद्धिले त्यहाँको बजारमा मात्रै नभएर नेपालमा पनि  प्रत्यक्ष प्रभाव पर्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहनु यसको मुख्य कारण मानिएको छ । इरान–अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबले विश्व बजारमा तेलको भाउ उकालो लागिरहेको छ ।

भारतबाटै पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि अब इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले हरेक १५ दिनमा मूल्य पुनरावलोकन गर्दै आएको छ ।

सम्बन्धित समाचार