Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्नेअडान

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्नेअडान

अर्थ प्लस
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्नेअडान

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन्। 

विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो अभिव्यक्ति फिर्ताका लागि रुलिङ गर्नुपर्ने धारणा राखेका छन् । 

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदनमा अवरोध जारी राख्ने बताएका छन् । 

प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा सीमा विवादबारे जवाफ दिँदा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेका थिए । सो विषयमा विपक्षीले प्रधानमन्त्रीले तथ्य प्रस्तुत गर्नुपर्ने, संसद्‌मा आएर माफी माग्नुपर्ने अडान राखेपछि सोमबार बैठक चल्न सकेन । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन ।

सम्बन्धित समाचार