Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नीति तथा कार्यक्रमः विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने

नीति तथा कार्यक्रमः विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने

अर्थ प्लस
नीति तथा कार्यक्रमः विदेशीलाई नेपालमा फिल्म छायांकनमा आकर्षित गर्ने

काठमाडौँ, जेठ १ । सरकारले हलिउड तथा बलिउडका चलचित्र निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड  चलचित्र छायांकनका लागि निर्माताहरुलाई आकर्षित गरिने बताएका हुन् । 

त्यस्तै, सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाउने बताउँदै पौडेलले पर्यटकीय पुर्वाधारको विकास एवं निर्माण गरिने बताए । त्यसैगरि, हवाई सेवा सम्बन्धि नीति र कानुनमा समसामयिक सुधार गरि हवाई सेवालाई थप सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने घोषणा पौडेलले गरे ।  

सम्बन्धित समाचार