Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवाल नियुक्त

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवाल नियुक्त

अर्थ प्लस
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवालज्यू नियुक्त हुनुभएको छ । मिति २०८३/२/१८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले वहाँलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यूले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यूले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै
सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउनु भएको छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार