Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

IME Khalti र Vision Concern Eye Clinic बीच MoU सम्झौता, कर्मचारीले पाउने नि:शुल्क आँखा परीक्षण

IME Khalti र Vision Concern Eye Clinic बीच MoU सम्झौता, कर्मचारीले पाउने नि:शुल्क आँखा परीक्षण

अर्थ प्लस
IME Khalti र Vision Concern Eye Clinic बीच MoU सम्झौता, कर्मचारीले पाउने नि:शुल्क आँखा परीक्षण
काठमाडौं । अग्रणी फिनटेक कम्पनी IME Khalti Limited र Vision Concern Eye Clinic बीच कर्पोरेट वेलनेस सम्झौता (MoU) भएको छ। पानीपोखरीस्थित IME Khalti का कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो।
 
सम्झौता अन्तर्गत IME Khalti का कर्मचारीले नि:शुल्क व्यापक आँखा परीक्षण, नि:शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन्। यी सेवाहरू Vision Concern का बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन्।
 
चिकित्सा सेवाका अतिरिक्त आर्थिक सुविधा पनि प्रदान गरिनेछ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।
 
यसका साथै Vision Concern ले डिजिटल आँखा थकानसम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ भने IME Khalti ले आफ्ना कर्मचारीबीच यी सुविधाको प्रचारप्रसार गर्नेछ। यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ-आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन्।

सम्बन्धित समाचार