Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

आइतवारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

आइतवारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

अर्थ प्लस
आइतवारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

आज २०८३ जेठ २४ गते तदनुसार ७ जुन २०२६ आइतवार, ज्येष्ठ अधिक कृष्णपक्ष सप्तमी तिथि। शतभिषा नक्षत्र।, चन्द्रराशि कुम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कृषि, पशुपालन, व्यापार तथा साझेदारीबाट राम्रो आम्दानी हुने संकेत छ। परिश्रमको उचित प्रतिफल प्राप्त भई आयआर्जनका स्रोत विस्तार हुनेछन्। सामाजिक प्रभाव बढ्नुका साथै विचार अभिव्यक्त गर्ने अवसर मिल्नेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। इच्छा तथा योजनाहरू पूरा हुने सम्भावना छ भने जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनीति, समाजसेवा, व्यापार तथा उद्योगमा सफलता मिल्ने सङ्केत छ। कृषि र पशुपालनबाट लाभ बढ्नेछ भने आर्थिक व्यवस्थापनमा ध्यान केन्द्रित रहनेछ। परिश्रमको उचित मूल्याङ्कन भई नाम, दाम र अवसर प्राप्त हुनेछन्। अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। माया प्रेम सुदृढ बन्नेछ । भविष्यका लागि लाभदायी आधार तयार हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक, परोपकारी तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। व्यापार, उद्योग र अनुसन्धान क्षेत्रमा गरिएको प्रयास भविष्यका लागि लाभदायी बन्नेछ। विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुने सङ्केत छ। आत्मविश्वास, उत्साह र लोकप्रियता बढ्नेछ भने शुभचिन्तकहरूको साथले समस्या समाधान हुनेछन्। मिहिनेतबाट प्रतिष्ठा, अवसर र आर्थिक लाभ हासिल गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक सम्पत्ति, सवारी साधन तथा आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने समय छ। प्रेम सम्बन्धमा अविश्वास र पारिवारिक मनमुटाबको सम्भावना देखिन्छ। स्वास्थ्य, खानपान र दैनिक जीवनशैलीमा विशेष ध्यान दिनु आवश्यक हुनेछ। काममा अपेक्षाभन्दा बढी मेहनत र खर्च लाग्न सक्छ। चुनौतीहरू आए पनि धैर्य, सतर्कता र अनुभवको उपयोगले समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, उद्योग र साझेदारीमा गरिएको लगानीबाट राम्रो आम्दानी हुने सङ्केत छ। छोटो दूरीको यात्रा, उपहार तथा पदोन्नतिको योग पनि रहेको छ। पढाइ र प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्नुका साथै मित्रता र पारिवारिक सहयोगले नयाँ आशा जगाउनेछ। खर्च बढे पनि सुख, अवसर र सन्तोषजनक उपलब्धि प्राप्त हुने सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ, नोकरी र प्रतिस्पर्धामा अग्रता हासिल हुने संकेत छ। पुराना स्वास्थ्य समस्या समाधान भई ऋणबाट मुक्त हुने सम्भावना रहेको छ। मेहनत र लगनले लक्ष्य प्राप्ति सहज बन्नेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा विश्वास बढ्नेछ। शत्रु र अवरोधहरू पराजित हुनेछन् भने व्यापार तथा नयाँ कामबाट आर्थिक लाभ र उत्साहजनक उपलब्धि प्राप्त हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तानको प्रगति, पढाइमा सुधार र आफन्तहरूको खुसीले मन रमाउने सङ्केत छ। आकस्मिक धनलाभ तथा उपहार प्राप्त हुने सम्भावना देखिन्छ। नयाँ योजना कार्यान्वयन गर्दा राम्रो आम्दानी र उपलब्धि मिल्नेछ। बौद्धिक कार्य, पढाइ र व्यापारमा सामान्यदेखि राम्रो लाभ हुने योग छ। स्वास्थ्य सबल रहनेछ र अवरोधहरू क्रमशः हट्दै जानेछन्।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आमा तथा आफन्तसँग सानो विवाद हुन सक्ने भएकाले सावधानी आवश्यक छ। प्रविधि र सवारी साधन प्रयोगमा ध्यान दिनु उपयुक्त हुनेछ। राजनीति र समाजसेवामा आलोचनात्मक समर्थन प्राप्त हुन सक्छ। कृषि तथा पशुपालनबाट राम्रो आम्दानीको सम्भावना छ। निर्णयमा धैर्य र सोचविचार आवश्यक हुनेछ, नत्र आर्थिक तथा साझेदारीमा समस्या आउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आत्मबल, साहस र पराक्रम बढ्ने समय छ। न्यायिक निर्णय र प्रतिस्पर्धामा सफलता मिल्नेछ। उद्योग, उत्पादन, व्यापार तथा लेखन–कला क्षेत्रमा प्रगति र आम्दानीको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिनेछ। मिहिनेतले दाम, नाम र दिगो उपलब्धि हासिल गर्न सकिने योग छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
व्यापारमा लगानी र पुराना रकम उठ्दा आर्थिक अवस्था बलियो बन्नेछ। आफन्तसँगको सम्बन्ध सुधार भई सहयोग प्राप्त हुनेछ। रमाइलो जमघट र खानपान सम्बन्धी व्यापारबाट लाभ मिल्नेछ। दैनिक काम व्यवस्थित हुँदै सम्मान र प्रभाव बढ्नेछ। अध्ययन र व्यापार दुवै क्षेत्रमा प्रगति हुने योग छ। सानो प्रयासले पनि राम्रो आर्थिक लाभ र सफलता दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ प्रविधिको प्रयोग र लगानीबाट व्यापारमा राम्रो आम्दानी हुने योग छ। आर्थिक अवस्था सुधार भई पुराना रकम पनि उठ्नेछन्। समाजसेवा, नोकरी र बढुवामा अवसर मिल्नेछ। आत्मविश्वास बढेर पराक्रमी काम गर्न सकिनेछ। प्रेम सम्बन्धमा विश्वास मजबुत हुनेछ। सिर्जनात्मक सोच, अवसर र प्रशंसाले दिन उत्साहपूर्ण र सफलतामुखी रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगानी गर्दा तत्काल प्रतिफल पाउन समय लाग्ने देखिन्छ, त्यसैले धैर्य आवश्यक छ। पढाइ र व्यापारमा थप मेहनत र उपयुक्त समयको पर्खाइ लाभदायक हुनेछ। विदेशी लगानी, रोजगारी र विदेश यात्राबाट राम्रो अवसर मिल्नेछ। घरपरिवारसँग आत्मीयता बढ्नेछ तर खर्च र जिम्मेवारी पनि बढ्न सक्छ। चुनौती भए पनि धैर्यले दिगो सफलता दिलाउनेछ।

सम्बन्धित समाचार