Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दीपक भट्ट र शुलभ अग्रवालको थुना म्याद थप तीन दिन बढ्यो

दीपक भट्ट र शुलभ अग्रवालको थुना म्याद थप तीन दिन बढ्यो

अर्थ प्लस
दीपक भट्ट र शुलभ अग्रवालको थुना म्याद थप तीन दिन बढ्यो

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको छ।

सोमबार थपिएको यो म्याद भट्टको हकमा नवौँ पटक र अग्रवालको हकमा आठौँ पटक हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट थुना म्याद थपको आदेश भएको हो।

यसअघि अदालतले दुवै जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएपछि अदालतले पुनः थुना म्यादको आदेश दिएको हो।

मिसिलमा संलग्न कागजात र प्राप्त प्रतिवेदनहरूका अनुसार यस मुद्दाको अनुसन्धान कार्य अहिले अन्तिम चरणमा पुगेको छ। विभागले राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि थप समय आवश्यक देखिएको आधार प्रस्तुत गरेपछि अदालतबाट पुनः म्याद थप गरिएको छ। 

सम्बन्धित समाचार