Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँले घट्यो, प्रतितोला कति पुग्यो ?

एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँले घट्यो, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँले  घट्यो, प्रतितोला कति पुग्यो ?

२८ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । दुई दिनमै सुनको भाउ तोलामा १५ हजार २ सय रुपैयाँ घटेको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँ घटिसकेको छ । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित समाचार