Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सोमवारको राशिफल : लाभ र हानीको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

सोमवारको राशिफल : लाभ र हानीको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

अर्थ प्लस
सोमवारको राशिफल : लाभ र हानीको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

आज वि.सं. २०८३ असार १ गते तदनुसार १५ जुन २०२६ सोमवार, ज्येष्ठ अधिक कृष्णपक्ष औँसी तिथि, बिहान ९ बजेर १२ मिनेटपछि शुद्ध शुक्ल प्रतिपदा, मृगशिरा नक्षत्र, चन्द्रराशि वृष, बिहान ९ बजेर ५७ मिनेटपछि मिथुन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययन, व्यापार र लगानीका क्षेत्रमा सफलता मिल्ने दिन रहेको छ। रोकिएका कामहरू आफ्नै प्रयासले अघि बढ्नेछन् भने नयाँ योजना र काम सुरु गर्न अनुकूल समय छ। छोटो यात्रा, मनोरञ्जन तथा खेलकुदमा रुचि बढ्नेछ। साँझ सुखद समाचार प्राप्त हुन सक्छ। आत्मविश्वासको कमी र हतारमा गरिएको प्रतिबद्धताबाट भने सावधानी अपनाउनुपर्ने देखिन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसाय, धन तथा सम्पत्ति वृद्धिका लागि अनुकूल दिन रहेको छ। परिवार र आफन्तसँगको सहकार्यले सफलता दिलाउनेछ भने सामाजिक तथा कल्याणकारी कार्यबाट प्रतिष्ठा बढ्नेछ। बिहानको समय फलदायी र रचनात्मक रहनेछ, पारिवारिक जमघट तथा स्वादिष्ट भोजनको अवसर पनि मिल्नेछ। यद्यपि दिउँसो वादविवाद र अनावश्यक खर्चबाट सावधान रहनुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विदेश, यात्रा तथा आयात-निर्यातसँग सम्बन्धित काममा प्रगति हुने दिन रहेको छ। नयाँ जानकारी र भेटघाटले अवसरहरू सिर्जना गर्नेछन् भने व्यापार, लगानी तथा शेयर बजारबाट लाभ लिन सकिनेछ। मध्याह्नपछि सहयोगीहरूको साथ, नयाँ कामको प्रस्ताव र पारिवारिक खुसी प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुका साथै खर्च र लगानीमा सन्तुलन कायम गर्न आवश्यक देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार, कृषि तथा पशुपालन क्षेत्रमा मेहनत गरे राम्रो आम्दानी र लाभ प्राप्त हुने दिन छ। आर्थिक अवसरहरू बढे पनि खर्च र लगानीमा सावधानी अपनाउनुपर्ने देखिन्छ। अध्ययनमा एकाग्रता कम हुन सक्छ भने स्वास्थ्य, सवारी सञ्चालन र कानुनी नियम पालनमा विशेष ध्यान दिन आवश्यक छ। केही दौडधुपपछि आयका नयाँ स्रोत फेला पर्नेछन् र पुराना चिन्ता क्रमशः कम हुँदै जानेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी तथा प्राकृतिक स्रोत साधनको उपयोगबाट धन आर्जन हुने दिन छ। उद्योग र शेयर बजारमा गरिएको लगानी भविष्यमा लाभदायक बन्नेछ। दाजुभाइ र आफन्तको सहयोगले महत्वपूर्ण काम अघि बढ्नेछ भने अध्ययन र यात्राका अवसर पनि मिल्नेछन्। परिश्रमले प्रतिष्ठा बढाउनेछ, आम्दानीका नयाँ स्रोत खुल्नेछन्, तर सोख र खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कामबाट इज्जत प्रतिष्ठा बढ्नेछ। व्यवसायमा लगानी प्रस्ताव र आम्दानी बढेर जीवनशैली परिवर्तन हुनेछ। पढाइ र लामो दूरी यात्राको योग छ, प्रेम सम्बन्ध गाढा हुनेछ। कृषि-पशुपालनमा लगानी लाभदायी बन्नेछ। बिहान धार्मिक यात्रा सम्भव छ। शान्त निर्णयले राम्रो नतिजा मिल्नेछ। दिउँसोपछि सुधार, प्रशंसा, भेटघाट र मेहनतले सफलता र दिलाउनेछ। समग्रमा दिन फलदायी रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिहान स्वास्थ्य र काममा केही बाधा देखिए पनि मध्यान्हपछि स्थिति सुधार हुनेछ। आफन्त र अग्रजको सहयोगले परिणाममुखी काम अघि बढ्नेछ। नयाँ कामको अवसर, स्थानान्तरण र कृषि–पशुपालनमा प्रगतिको सम्भावना छ। साथीभाइसँग सम्बन्ध सुदृढ हुनेछ र नयाँ योजना बन्नेछन्। यद्यपि खर्च, स्वास्थ्य र सामान्य दौडधुपमा सावधानी आवश्यक छ, निरन्तर प्रयासले सफलता मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिहानको समय व्यापार, पढाइ र सम्बन्धका लागि राम्रो रहनेछ। प्रतिस्पर्धामा सफलता, शुभ समाचार र प्रेम सम्बन्धमा मजबुती आउनेछ। तर मध्यान्हपछि समय मध्यम रहने भएकाले खर्च, सम्पत्ति र विश्वासका विषयमा सावधानी अपनाउनुपर्छ। कामको जिम्मेवारी बढे पनि अनुभवले समस्या समाधान गर्न मद्दत गर्नेछ। स्वास्थ्य, गोपनीयता र सहयोगीहरूको व्यवहारप्रति सचेत रहन आवश्यक देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भौतिक सम्पत्ति र विलासी वस्तुको व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुने दिन छ। व्यवसायिक यात्रा सम्भावित छ भने प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सहयोग र उपहारको आदानप्रदान हुनेछ। बौद्धिक क्षमता र नयाँ विषयप्रतिको रुचिले ज्ञान वृद्धि गर्नेछ। रोकिएका काम अघि बढ्नेछन्, मध्याह्नपछि व्यापार, मनोरञ्जन र यात्राबाट थप उत्साह र लाभ प्राप्त हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बिहान स्वास्थ्य र कार्यक्षेत्रमा केही चुनौती देखिए पनि मध्यान्हपछि समय राम्रो हुनेछ। अध्ययनमा रुचि बढ्ने, लामो दूरीको यात्रा र व्यापारमा लगानी विस्तार हुने सम्भावना छ। प्रेम सम्बन्ध र खेलकुदमा उत्साह बढ्नेछ। धैर्य र बुद्धिको प्रयोगले प्रतिस्पर्धामा सफलता, चुनौती पार गर्ने क्षमता र प्रतिष्ठा प्राप्त हुनेछ। मेहनतले अन्ततः राम्रो परिणाम दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिहान व्यापार, लगानी र खेलकुदमा सफलता र आम्दानीको राम्रो सम्भावना छ। तर मध्यान्हपछि पढाइमा कमी, घरजग्गा कारोबारमा मन्दी र यात्राका कारण मन खिन्न हुन सक्छ। नजिकका व्यक्तिसँग सम्बन्ध सुधारिनेछ र विश्वास बढ्नेछ। हतार नगरी धैर्य र लगनशीलताले काम गर्दा मात्र स्थायी उपलब्धि प्राप्त हुनेछ। हल्ला र छिटो नतिजाको अपेक्षाबाट सावधानी अपनाउनुपर्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार र शेयर बजारमा लगानीबाट राम्रो नाफा हुने सम्भावना छ। सापटी रकम फिर्ता आउँदा आर्थिक अवस्था बलियो बन्नेछ। आफन्त र जीवनसाथीको सहयोग मिल्नेछ भने मिष्ठान्न भोजन र छोटो यात्राको अवसर पनि जुर्न सक्छ। तर दिउँसोपछि साझेदारीमा समस्या, एक्लोपना र रोकिएका काममा चुनौती देखिन सक्छ। धैर्य र मेहनतले दीर्घकालीन फाइदा दिलाउनेछ।

सम्बन्धित समाचार