Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

अर्थ प्लस
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला पाँच हजार रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्य निरन्तर रुपमा बढेको छ।

यस दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार