Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जेनजी आन्दोलनपछि अर्थतन्त्रमा मन्दी छायो - अर्थमन्त्री वाग्ले

जेनजी आन्दोलनपछि अर्थतन्त्रमा मन्दी छायो - अर्थमन्त्री वाग्ले

अर्थ प्लस
जेनजी आन्दोलनपछि अर्थतन्त्रमा मन्दी छायो - अर्थमन्त्री वाग्ले

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन्। 

सोमबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिले नयाँ मोड लिएको उल्लेख गर्दै सरकारले त्यसैअनुसार नीति, कार्यक्रम र बजेट निर्माण गरेको स्पष्ट पारे। 

उनले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको भन्दै बजारमा कमजोर माग, सुस्त आर्थिक गतिविधि र निजी क्षेत्रको लगानीमा कमी देखिएको बताए।

उनका अनुसार बजारमा उपभोग र कारोबार दुवै घटेकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले आगामी वर्षको बजेटमार्फत विशेष पहल गरेको छ। 

“बजारमा माग नै कमजोर छ, क्रय–विक्रय हुन सकेको छैन। खर्च गर्ने क्षमता शिथिल बनेको छ वा पलायन भएको छ। त्यसैले बजारलाई पुनः चलायमान बनाउन बजेटले विशेष जोड दिएको छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानीमा समेत उल्लेख्य सुस्तता देखिएको बताए। जेनजी आन्दोलनपछि उत्पन्न अनिश्चितता, भय र त्रासका कारण आर्थिक गतिविधि थप प्रभावित भएको उनको भनाइ थियो।

उनले वर्तमान सरकारले ल्याएको बजेट समाजको तल्लो वर्गको उत्थान, आर्थिक सुरक्षा र आर्थिक गतिविधिको पुनरुत्थानमा केन्द्रित रहेको दाबी गरे। आर्थिक मन्दीको असर न्यूनीकरण गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र बजारमा माग सिर्जना गर्ने लक्ष्यसहित बजेट ल्याइएको उनले बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको अर्थमन्त्री वाग्लेको भनाइ छ।

सम्बन्धित समाचार