Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सद्गुरुको रचना रहेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा

सद्गुरुको रचना रहेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा

अर्थ प्लस
सद्गुरुको रचना रहेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को विशेष अवसरमा, सद्गुरुको मार्गदर्शनमा इशा फाउन्डेसनका स्वयंसेवकद्वारा रचना गरिएको ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा उपलब्ध हुने भएको छ । बालुवाटारस्थित टी२१ प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ ।

‘मिराकल अफ माइन्ड’ सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने एप हो, जसले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । 

एक योगी, रहस्यद्रष्टा र दूरदर्शी सद्गुरुले विगत चार दशकदेखि मनुष्यको चेतनामाथि उठाउनका लागि रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आएका छन् ।

सम्बन्धित समाचार