Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ प्लस
मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।

महाशाखाको विशेष बुलेटिनमा १६ असार मंगलबार र १७ असार बुधबार देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागमा डुबान हुन सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार