Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

घुस रकम र स्रोत नखुलेको नगदसहति वन कार्यालयका प्रमुख यादव अख्तियारको नियन्त्रणमा

घुस रकम र स्रोत नखुलेको नगदसहति वन कार्यालयका प्रमुख यादव अख्तियारको नियन्त्रणमा

अर्थ प्लस
घुस रकम र स्रोत नखुलेको नगदसहति वन कार्यालयका प्रमुख यादव अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहास्थित सब–डिभिजन वन कार्यालय, बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले आठौँ तहका अधिकृत यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई सिराहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चैया–बन्दीपुर सडक खण्डबाट समातिएको अख्तियारले जनाएको छ।

पक्राउ परेपछि गरिएको खानतलासीका क्रममा यादवको साथबाट घुसबापतको १२ हजार रुपैयाँ र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ बरामद भएको छ। अख्तियारका अनुसार उनको साथबाट जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ नगद र एउटा मोबाइल फोन जफत गरिएको छ।

उद्योगका लागि ल्याइएका काठहरूको सिलबन्दी नियमअनुसार भए-नभएको रुजु गर्ने र कागजातसहितको फाइल फिर्ता गर्ने बहानामा प्रमुख यादवले सेवाग्राहीलाई दुःख दिँदै घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार