Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालद्धारा राजिनामा

इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालद्धारा राजिनामा

अर्थ प्लस
इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालद्धारा राजिनामा

काठमाडौं, जेठ  ४ । दोस्रो बजारमा कारोबार भइरहेको अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले नै श्रीमतीको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । आरोप लागेसँगै सञ्चालक त्रितालले पदबाट राजिनामा दिएका छन् ।

रोचक कुरा त त्रिताल एकै पटक दुई हाइड्रोपावर कम्पनीका सञ्चालक थिए । उनले आफू सञ्चालक रहेको अर्को जलविद्युत कम्पनी इन्हवा हाइड्रोपावरको सञ्चालक पदबाट समेत राजिनामा दिएका छन् ।

त्रितालले आफू सञ्चालक समितिमा रहेकै बेला आफ्नी पत्नी सिता घिमिरे त्रितालको नामबाट इन्साईडर ट्रेडिङ गरेका थिए । धितोपत्र सम्बन्धी ऐन अनुसार कुनै पनि सूचिकृत कम्पनीका सञ्चालकले आफु सो पदमा रहँदासम्म आफ्नो कम्पनीको शेयर आफू र आफन्तको नामबाट गर्न नपाइने व्यवस्था छ । यसअघि अपि पावरकै गुरुप्रसाद न्यौपानेमाथि यसैगरी कारवाही भइसकेको छ ।

राजिनामा दिएसँगै त्रितालमाथि छानविन सुरु भएको छ । सो सम्बन्धमा नेपाल धितोपत्र बोर्डको समेत ध्यायनाकर्षण भएको छ । त्रितालले २०७७ सालदेखि आफ्नी श्रीमतीको नामबाट अपि पावर कम्पनीको शेयर भित्रीरुपमा कारोबार गर्दै आएका थिए । यस अवधीमा उनले ३७ लाख रुपैयाँ लगानी गरी आफ्नै कम्पनीको शेयर किनेर पछि बिक्री गर्दा एक करोड रुपैयाँ भन्दा बढि रुपैयाँको शेयर बनाएर बिक्री गरेका थिए ।

नेपाली शेयर बजारमा दैनिक रुपमा हजारौं कित्ता शेयर इन्साइडर ट्रेडिङको रुपमा सेटिङमा कारोबार हुँदै आएको छ । नेपाल धितोपत्र बधोर्डमा लगानीकर्ताको पक्षमा काम गर्ने भन्दा पनि माफियाको पक्षमा काम गर्ने कर्मचारीहरुका कारण इन्साइडर ट्रेडिङमा संलग्नमाथि कहिल्यै पनि कारवाही हुने गरेको छैन । सम्भवतः हालसम्म जम्मा एक जना गुरुप्रसाद न्यौपानेमाथि मात्रै कारवाही भएको हो । कैंयौं इन्साइडर ट्रेडिङ त लगानीकर्ताहरुले थाहै नपाई हुने गरेका छन् । नविनतम् प्रविधिको अभावमा शेयर बजारमा यस्ता धेरै विकृतिहरु रहेका छन् । जसलाई निरुपण गर्न धितोपत्र बोर्डले कुनै योजना अघि सार्न सकेको छैन ।

सूचिकृत कम्पनीका सञ्चालकहरुले आफन्तको नाममा नियामक निकायका कर्मचारी तथा उच्च अधिकारीहरुले आफन्त वा फर्जी व्यक्तिको नाममा तथा समाचार लेख्ने पत्रकारहरुले समेत आफ्नै तथा आफन्तको नाममा सूचिकृत कम्पनीहरुबारे पूर्व सूचना लिएर शेयर खरिद बिक्री गर्दै आएका छन् । पहुँच हुनेले सबै सूचना लिएर शेयर बजारमा चलखेल गर्दा साना लगानीकर्ताहरु सधैं मारमा पर्दै आएका छन् ।

सम्बन्धित समाचार