Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

मर्जरपछिको सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको पहिलो कारोबार कस्तो रह्यो ?

मर्जरपछिको सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको पहिलो कारोबार कस्तो रह्यो ?

अर्थ प्लस
मर्जरपछिको सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको पहिलो कारोबार कस्तो रह्यो ?

काठमाडौं, ६ जेष्ठ । सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त मर्जरपश्चात आइतबारदेखि दोस्रो बजारमा कारोबार खुलेको छ। आज प्रि सेसनमा दुबै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर खुलेको थियो ।

पछिल्लो समय लघुवित्तको शेयरमा लगानीकर्ताको आकषर्ण बढेको छ । अरु समूहको तुलनामा लघुवित्तको शेयर बढेको हो । उक्त लघुवित्तहरुको शेयर मर्जर प्रकृयामा रहदा दोस्रो बजारमा कारोबार हुन सकेको थिएन । मर्जरपछि नेप्सेमा सूचीकृत भएको पहिलो कारोबार दिनमा नै दुवै कम्पनीको शेयर मूल्य सकारात्मक भएर बढेको हो ।

दुबै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएको छ।

त्यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय मर्जर तथा एक्वीजीसन पछिको कारोबार दिनमा सकारात्मक भएर बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय लघुवित्तहरु १ बराबर ०.८५३ प्रतिशत शेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन्।

मर्जरपश्चात बिपिडब्लु लघुवित्तको शेयर शेयरधनीको खातामा सामुदायिक लघुवित्त भएर आएको छैन। यता मिर्मिरे लघुवित्तको शेयर समेत लगानीकर्ताको खातामा आएको छैन। सो शेयर आफ्नो खातामा आएपछि मात्रै लगानीकर्ताले बिक्री गर्न पाउने छन्।

सम्बन्धित समाचार