Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्से परिसूचकमा आज पनि गिरावट, ४ अर्बको कारोबार

नेप्से परिसूचकमा आज पनि गिरावट, ४ अर्बको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा आज पनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक २१.१५ अंकले घटेर २ हजार ६ सय ६३.१८ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १४ कम्पनीको घटेको छ ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ६ करोड ८५ लाख ६० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको सेयर मूल्य ११.६७ प्रतिशतले घटेर ८ सय ४८ रुपैयाँमा आएको छ ।

सम्बन्धित समाचार