Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब ६ करोड, निक्षेप सङ्कलन र कर्जा लगानी दुवै बढ्याे

एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब ६ करोड, निक्षेप सङ्कलन र कर्जा लगानी दुवै बढ्याे

अर्थ प्लस
एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब ६ करोड, निक्षेप सङ्कलन र कर्जा लगानी दुवै बढ्याे

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । जसअनुसार बैंकले गत आर्थिक वर्षकाे असार मसान्तसम्म ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

याे रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा ०.९७ प्रतिशतको सामान्य वृद्धि देखिएकाे छ । इम्पेयरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफामा भने ०.४९ प्रतिशतको मात्रै सुधार देखिएको बैंकले जनाएको छ।

नाफासँगै बैंकको वितरणयोग्य नाफा ७.४५ प्रतिशतले बढेर ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १०.३७ प्रतिशतले वृद्धि भई २ खर्ब ३५ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी २७.२३ प्रतिशतले वृद्धि भई १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रतिशेयर नेटवर्थ पनि अघिल्लो वर्षको २४७.३९ रुपैयाँबाट बढेर २५६.४७ रुपैयाँ पुगेको छ । 

तथ्याङ्कअनुसार शुल्क तथा कमिसन आम्दानीमा भएको २७.२३ प्रतिशतको उल्लेख्य वृद्धि, कर्जा प्रवाहमा १०.३७ प्रतिशतको विस्तार, कुल सञ्चालन आम्दानीमा ६.२१ प्रतिशतको सुधार हुँदा नाफा बढेकाे हाे । 

यसैगरी, प्रतिशेयर आम्दानी ३६.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ, स्प्रेड रेट ३.०५ प्रतिशत र पुँजी कोष अनुपात १२.२३ प्रतिशत रहेको छ। बैंकको निष्क्रिय कर्जा भने सामान्य बढेकाे छ । 

अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेकाे निष्क्रय कर्जा समीक्षा अवधिमा बढेर  ०.४९ प्रतिशत पुगेको हाे । बैंकको आधार दर ५.२७ प्रतिशतबाट घटेर ४.३१ प्रतिशतमा झरेको छ।

त्यस्तै, चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा कोष १३.०३ प्रतिशतले बढेर २१ अर्ब ४७ करोड ५ लाख रुपैयाँ पुगेको छ।note everest bank.JPG

सम्बन्धित समाचार