Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  जसअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा २२.६७ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ।

बैंकको निक्षेप सङ्कलन २१.५३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह भने ७.१३ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा रहेको छ। बैंकको स्प्रेड दर ३.२९ प्रतिशत कायम रहेको छ भने आधार दर अघिल्लो वर्षको ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा झरेको छ।

बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ। यद्यपि, खुद फि तथा कमिसन आम्दानीमा १३ प्रतिशतको वृद्धि भएको छ।

यता, बैंकको खराब कर्जा (एनपीएल) अनुपात गत बर्ष असार मसान्तमा ४.८६ प्रतिशत रहेकोमा यस बर्षद सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ। यद्यपि, इम्पेयरमेन्ट चार्ज भने ५ अर्ब ९७ करोड रुपैयाँबाट घटेर ४ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ।

note global ime.JPG

सम्बन्धित समाचार