काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षीत ‘८.८ ग्रेट एट सेल’ आयोजनाको घोषणा गरेको छ । विशेष ब्रान्ड अफर्स, आकर्षक छुट, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा हरेक दिन उपहार जित्ने अवसरसहित आयोजनाको तयारी गरिएको यो अभियानले नेपाली उपभोक्तालाई अझ रोमाञ्चक र लाभदायी अनलाइन किनमेल अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।
यही साउन २२ बेलुका ८ बजेदेखि २७ गते (२०२६ अगस्ट ७)सम्म सञ्चालन हुने यो अभियानअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँबराबरका भौचर प्राप्तको अवसर पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकलाई विशेष ब्रान्ड अफर्स तथा बचतका आकर्षक अवसरसहित दैनिक मिस्ट्री डिल्समार्फत हरेक दिन एक भाग्यशाली विजेताका निम्ति करिब १५ हजार रुपैयाँबराबरका उपहार जित्ने अवसर प्रदान गरिनेछ ।
“यस अभियानअन्तर्गत ग्राहकहरूले दराजमा उपलब्ध लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । प्लाटिनम ब्रान्ड पार्टनर्सअन्तर्गत रहेका होनासा र बेयर एनाटमीका उत्पादनहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ,” कम्पनीले भनेको छ ।
यस्तै, सिल्भर ब्रान्ड पार्टनर्सअन्तर्गत रहेका न्युलाइट, युग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उपभोक्ताका किनमेल अनुभवलाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ दराजले यो अभियानका दौरान ‘ब्रान्ड रश’ आवर सञ्चालन गर्नेछ । अभियान सुरु हुने दिन अर्थात् अगस्ट ७ को बेलुका ८ देखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेसन सञ्चालन गरिनेछ ।
अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ब्रान्ड रश आवर सञ्चालन गरिनेछ । यो अवधिभर ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनमा ७० प्रतिशतसम्मको विशेष छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अभियान अवधिभर दैनिक सञ्चालन हुने फ्ल्यास सेलमार्फत पनि सीमित अवधिका आकर्षक अफरमा ग्राहकहरूले लाभदायक किनमेल गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
यसपटक दराजले ईसेवासँगको सहकार्यमा डिजिटल भुक्तानीलाई थप लाभदायी बनाएको छ । अगस्ट ७ को बेलुका ८ बजेदेखि मध्यरातसम्म ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट प्राप्त गर्न सक्नेछन् ।
अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ईसेवा प्रयोग गरी खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो अभियानको अर्को विशेष आकर्षणका रूपमा दराजले डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज् पनि सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत अभियान अवधिभर हरेक दिन एक विजेतालाई करिब १५ हजार रुपैयाँबराबरका पुरस्कार जित्ने अवसर प्रदान गरिने दराजले जनाएको छ ।
अगस्ट ८ देखि ग्राहकले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका आठ गोप्य (मिस्ट्री) उत्पादन, तिनको वास्तविक मूल्य (एमआरपी) र विशेष अफर मूल्य हेर्न सक्नेछन् ।
