Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न ।

अर्थ प्लस
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न ।

२०८१, जेठ ७ गते
सानिमा रिलायन्स लाइफद्वारा प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा मिति २०८१/०२/०५ गते  कर्मचारी क्षमता अभिवृद्धि  कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुनगई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताउनु भयो । वर्तमान सन्दर्भमा कम्पनीहरूको  सञ्चालन जोखिम बढ्दै गएको भन्दै  पान्डेले यस्तो  कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताउनु भयो । साथै यस  किसिमको कार्यक्रम देशै भर गरिने योजना रहेको समेत उहाँले  बताउनु भयो ।

कार्यक्रममा अन्डरराइटिङ, ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा ,दाबीलगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गर्नुभयो भने चिफबिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नया व्यवसाय बिस्तारमा जोड दिनु पर्ने कुरा बताउनु भयो ।

 

सम्बन्धित समाचार