Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्से परिसूचकमा सामान्य गिरावट, ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार

नेप्से परिसूचकमा सामान्य गिरावट, ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा सामान्य गिरावट, ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको पहिलो कारोबार दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ९.०४ अंक अर्थात् ०.३४ प्रतिशतले घटेर २६४१.०५ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ४.५ अंकले घटेर २६५०.०९ बिन्दुमा  पुगेको थियो।

आज नेप्सेमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार ७ सय ६६ कित्ता सेयर ५३ हजार ५ सय २४ पटक किनबेच भएको छ। आज ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७ सय ६६ रूपैयाँको कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर ८.४७ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेड को ४६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ। ९ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन ०.८६ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार