Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

अर्थ प्लस
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

काठमाण्डौ, जेठ ७ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन लस प्रोभिजन) मा चुनौती थपेको छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्येको औसत ३।९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ ।

जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन का लागि छुट्याएको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस्तो प्रोभिजनका लागि २ खर्ब १८ अर्ब ३८ करोड रुपैयाँ हाराहारी छुट्याएका थिए । 

 

सम्बन्धित समाचार