Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ब्रोकर कम्पनी बेनी सेक्युरिटिज कारबाहीमा, ३ दिनका लागि निलम्बन

ब्रोकर कम्पनी बेनी सेक्युरिटिज कारबाहीमा, ३ दिनका लागि निलम्बन

अर्थ प्लस
ब्रोकर कम्पनी बेनी सेक्युरिटिज कारबाहीमा, ३ दिनका लागि निलम्बन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रालिलाई कारबाही गरेको छ ।

लिमिटेडले बेनी सेक्युरिटिजलाई ३ दिनसम्म कारोबार नै गर्न नसक्ने गरी निलम्बन गरेको जनाएको छ ।

गत असार ३ गते तोकिएको समयभित्र हिसाव राफसाफ तथा फछ्यौट गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडले पत्र काटेको थियो । तर सो समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै ३ दिन काम समेत रोक्का गरी निलम्बन गरिएको जनाइएको छ ।

‘…तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकाले यस लिमिटेडको धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७५ को विनियम २२(१)छ बमोजिम ३ कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार