Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

अर्थ प्लस
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २ हजार ६ सय २९ को बिन्दुमा आएका छ । आज कारोबारमा आएकामध्ये १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीकै सेयर मूल्य घटेको छ ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाा बराबरको सेयर कारोबार भएको छ । बुधबार ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा कुमारी धनवृद्धि योजना रहेको छ । यसको सेयर मूल्य ९.७७ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार