Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ प्रणाली

एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ प्रणाली

अर्थ प्लस
एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ प्रणाली

काठमाडौँ / एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ कर्जा आवेदन ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। बैंकको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ डिजिटल पोर्टल सुरु गरिएको हो।

नयाँ प्रणालीमार्फत ग्राहकले जुनसुकै स्थान र डिभाइसबाट अनलाइन कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, आवेदन बैंकको कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत ‘रियल-टाइम’मा हेर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ व्यवस्थाले कर्जा आवेदन प्रक्रियालाई सरल, पारदर्शी र छिटो बनाउनुका साथै ग्राहकले बैंकमा पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटसमेत कम गर्नेछ। 

डिजिटल प्रक्रियामार्फत ग्राहकको समय बचत हुनुका साथै कागजरहित बैंकिङलाई समेत प्रवर्द्धन हुने बैंकको विश्वास छ।

यसरी दिन सकिन्छ अनलाइन कर्जा आवेदन

ग्राहकले digi.nmb.com.np मा लग–इन गरी ‘Loan Services’ मा गएर ‘Explore Products’ विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक कर्जा शीर्षक छनोट गरी माग गरिएका विवरण भरेर आवेदन बुझाउन सकिनेछ।

आवेदन बुझाएपछि ग्राहकले Online Loan Tracking ID प्राप्त गर्नेछन्। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था तथा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनमै हेर्न सकिनेछ।

एनएमबि बैंकले आधुनिक, कागजरहित तथा प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुरूप कर्जा प्रक्रियालाई डिजिटलाइज गर्दै लगिएको जनाएको छ। डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा ग्राहकको समय बचत हुनुका साथै बैंकिङ प्रक्रियालाई थप सहज र दिगो बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ।

बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार