काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्स) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १९.१३ अंकले घट्दै २५ सय ९९ को विन्दुमा झरेर बन्द भएको हाे।
आज कुल ३ सय ५० कम्पनीका ८५ लाख ७२ हजार बढी कित्ता सेयर ५३ हजार बढीपटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लाग्दा २ सय २९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४७ कम्पनीको सेयरमुल्य बढ्दा २ कम्पनीको सेयरमूल्य भने यथावत रहेको नेप्सेले जानकारी दिएको छ ।
आज सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रीज लिमिटेडको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
