Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

अर्थ प्लस
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

काठमाडौं– मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित 
QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र मास्टर्नीका कलाकार तथा निर्माण टिमको पनि उपस्थिति रहेको थियो । अभिनेत्री प्रियंका कार्की समेत कार्यक्रममा सहभागी थिइन् ।

मोटोरोला र चौधरी ग्रुपले चलचित्र मास्टर्नीसँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।

नयाँ Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony-LYT 710 क्यामेरा, moto ai, ७,०००mAh ब्याट्री, ६८W TurboPower™ चार्जिङ, १४४Hz को १.५K क्वाड-कर्भ्ड डिस्प्ले तथा ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन™द्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन् ।

यो स्मार्टफोन २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस मूल्यमा उपलब्ध फिचरलाई हेर्दा Motorola Edge 70 Fusion आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्ने देखिन्छ । मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगै व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

मास्टर्नी सँगको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढंग अपनाएको छ । चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा ल्याएर गरिएको यो सहकार्यलाई नयाँ अनुभवका रूपमा हेरिएको छ । 

सम्बन्धित समाचार