Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

अर्थ प्लस
सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५ सय ५७ .३१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १८ कम्पनीको घटेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्सका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार